झापा , कात्तिक २४ । झापामा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आफूले खुसियाली मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ ।पटाका आतिशबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।
जुवा–तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्न÷नगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको पनि जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्