झापा, कात्तिक २४ । विगतका तिहारमा बाह्रदशी– ६ कुमाल गाउँकी उषा पण्डितलाई माटाका पाला बेच्न भ्याइनभ्याई हुन्थ्यो । ग्राहकलाई सामान दिन उनी एक्लैलाई गाह्रो पर्थ्यो । तर, यस वर्ष तिहारमा बालिने पालाको खासै बिक्री छैन ।

बिर्तामोडको बुधवारे बजारमा पाला बेच्न आएकी ग्राहक रुँगेर बसेकी थिइन् । ‘ पोहोर साल त भ्याइनभ्याई हुन्थ्यो’ खाना खाने पनि समय हुँदैनथ्यो’ उनले भनिन् ,‘ यस पालि त खासै छैन ।’ यस वर्ष बिक्री घटेको उनले बताइन् । त्यस्तै बाह्रदशी ६ कुमाल गाउँकै वीरेन्द्र पण्डित पनि ग्राहककै प्रतीक्षामा थिए । माटाका भाडा बेच्नुपर्ने सिजन तिहारमै यस वर्ष खासै बिक्री नभएको उनले बताए ।

विद्युतीय झिलिमिली भित्रिएका कारण माटाका पालाको माग घटेको उषाले बताइन् । कतिपय ग्राहकहरु विद्युतीय झिलिमिली खोज्ने गरेको उनको भनाइ छ । तिहार नजिकिएसँगै तराईको विशेष पर्व छठ समेत जोडिएर भित्रन्छ । चाडपर्वहरु नजिकिँदै गर्दा झापाको बाह्रदशी ६ कुमाल गाउँमा बसोबास रहेको कुमाल समुदायलाई माटाका सामग्री बनाउन भ्याइनभ्याइ हुन्छ । लक्ष्मीपुजा र छठमा बढी प्रयोग हुने दियो–कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरु व्यस्त हुन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्