झापा, कात्तिक २७ । झापा दमकका पत्रकार विष्णु सुब्बाले बुलेट बाइक जितेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/400673575_1363480224580360_8637955296285161699_n.jpg)
उनले हाउजी खेलेर रोयल इनफिल्ड बुलेट बाइक जितेका हुन् । पूर्वाञ्चल बहिरा संघद्वारा क्यान्सर बिरामीका लागि अक्षय कोष स्थापना गर्ने उद्धेश्यले दमकमा सञ्चालन भइरहेको दमक मिनी महोत्सवमा हाउजी खेलाइएको थियो । आफूले करिब ५ लाख मूल्यको बाइक जितेको पत्रकार सुब्बाले बताए ।