झापा, कात्तिक २७ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भएपनि दिनभर नै टीका लगाउन सकिनेछ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । आज सोमबार गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा÷म्ह पूजा मनाइँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्