झापा , कात्तिक २८ । लक्ष्मीपुर– घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक कन्काई ९ घैलाडुब्बा बस्ने करिव ४० वर्षीय संजय शाह गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्