झापा , कात्तिक २८ । कनकाई नगरपालिका वडा नं–५ को चप्रामारी भगवती स्कुल पूर्वपट्टी गएराति बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।

एक सय केभीएको सो ट्रान्सफर्मरबाट स्थानीय किसानले सिंचाई गर्दै आएका थिए । सिंचाईका लागि दिइएको सय केभीएको ट्रान्सफर्मर चोरी भएको विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका इन्जिनियर विभव पौडेलले बताए । उनले पहिलो पटक ट्रान्सफर्मर चोरी भएको जानकारी दिए ।

सो ट्रान्सफर्मरको मूल्य करिव ७ लाख रुपैयाँ पर्ने जनाइएको छ । त्यस क्षेत्रमा विगत केही समय अगाडिदेखि मोटरहरु हराउँदै आएको वडा सदस्य दिलु उप्रेतीले बताए । घटनाबारे प्रहरीलाई जानकारी गराइएको इन्जिनियर पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्