झापा, कात्तिक २८ । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत फेला परेका छन् ।

हिजो बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका ३० बर्षिय जैसवाल आज अपरान्ह मेचीनगर ११ स्थित गोजाबस्तीमा मृत भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए ।

आज दिउँसो २ः३० बजेको समयमा स्थानीयहरुले लडिरहेको देखेर खबर गरेपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्नुअघि नै जैसवालको मृत्यु भइसकेको प्रहरी निरीक्षक शर्माले बताए । मृतकको शवको कानूनी प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाएको शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्