झापा, कात्तिक २९ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भैसीसंग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का गंभीर घाइते भएका छन् ।


आज साँझ सवा चार बजेको समयमा कमल गाउँपालिका ३ सहिद गेटस्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २१ प ७७ नं. को मोटरसाइकल बाटो क्रस गर्दै गरेको सोही ठाउँ बस्ने ६५ वर्षीय रामप्रसाद दाहालले पालेको भैसीसंग ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगर र सोही मोटरसाइकलमा पछाडि सवार इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाईते भई दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा चालकको बाटोमा नै मृत्यु भएको हो । घाइते चौधरीको टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्