झापा,कात्तिक २९ । झापाको दमक ३ मा आगलागी हुँदा दुईवटा ग्वाली र घर जलेर नष्ट भएको छ ।

गएराति भएको आगलागीमा परी ग्वालीमा बाँधेको ४ वटा बाख्रा समेत जलेर मरेका छन् । साढे एक बजेतिर एक्कासी ग्वालीबाट उठेको आगोले मनबहादुर बोहोरा र शर्मिला कार्कीको घर र ग्वाली जलेर नष्ट भएका हुन् ।

आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुन, घरको सरसामानसहित झण्डै ४० लाख बढीको क्षति भएको घरधनी मनबहादुर बोहोराले बताए । दमकल पुग्दानपुग्दै बोहोरा परिवारको ओढ्ने सिरक र एउटा दराजबाहेक सबै जलेर नष्ट भएको जनाइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्