झापा,मंसिर ३ । छठ पूजामा हुने भीडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा करिव हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फाइल फोटो

जिल्लाका ४९ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ३७१ जना नेपाल प्रहरी , ५१० जना सशस्त्र प्रहरी र ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । निन्दा खोलाको रामघाटमा ३० , भद्रपुरको मेची खोलामा ७५ , बिरिङ खोलामा ३० , रतुवा खोलामा ५० लगायत गरी ३७१ जना नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

त्यस्तै सशस्त्रका ५१० जना प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले बताए । त्यस्तै ट्राफिक प्रहरीका करिव आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् ।

जम्मा ९९ जना जनशक्तिमध्ये ५२ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्