झापा,मंसिर ३ । इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाएको दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताएको छ । आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ । ६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षलाई कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने उल्लेख छ ।