एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले टस जितेर सुरुमा फिल्डिङ गर्ने भएको छ ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी विश्वकपको फाइनलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।

उपाधिका लागि आज भारत र अस्ट्रेलिया आमनेसामने हुँदैछन्। भारत तेस्रो पल्ट तथा अस्ट्रेलिया छैठौं पल्ट उपाधि जित्ने होडमा छ । सन् २००३ को विश्वकप फाइनलमा यी दुई टोली भिडेका थिए। सो खेलमा भारतलाई हराएको थियो। अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१५ मा पनि विश्वकप जितेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्