झापा, मंसिर ४ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले आजको कार्यक्रमको लागि झापाको सुरुङ्गामा निर्माण गरेको स्टेजमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

आगजनीबाट स्टेजमा लगाइएको कपडा र कार्पेट जलेको छ । यद्धपि प्रसाईका समर्थकहरुले कार्यक्रम गरेरै छोड्ने भएका छन् । आज मध्यान्ह १२ बजे कार्यक्रम राखिएको प्रसाईले बताए । उनले आफ्ना विरोधी युवा संघका कार्यकर्ताहरुले सो आगजनी गरेको दावी गर्दै युवा संघका कार्यकर्ताहरु गरिबका छाला काटेर जुत्ता लगाउने अबस्थामा पुगेको आरोप लगाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्