झापा,मङ्सिर ५ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मङ्सिरमा कणर्ाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कणर्ाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कणर्ाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निणर्य गरेको छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कणर्ालीले दुई अङ्कको लक्ष्य अर्थात् ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । बाग्मती प्रदेशले १५ फागुनबाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कणर्ाली प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई नै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषद्ले तयारी थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्