झापा,मंसिर २० । विराटनगरमा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७ का दीपक मण्डलको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्युभएको हो। न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्