झापा , मंसिर २० । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित शिवसताक्षी ८ का ३५ वर्षीय चन्द्रबहादुर खड्का पक्राउ परेका छन् ।

आज दिउँसो ४.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्