झापा,मंसिर २१ । चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । विगतका वर्षभन्दा यस वर्ष सुरुवाती चरणमै आन्तरिक र बाह्य पर्यटकको आगमन सुरु भएको हो । हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको कोशीटप्पु वन्यजन्तु कार्यालयका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रले बताए । उनले भने, “हिउँदमा बढी मात्रामा आन्तरिक पर्यटक कोशीटप्पु आरक्ष घुम्न आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकनका लागि आउँछन् ।”चरा, अर्ना, गैँडा, हात्ती हेर्न पर्यटकको वृद्धि भएको आरक्ष कार्यालयले जनाएको छ । आरक्ष कार्यालयको अभिलेख अनुसार दैनिक करिब एक सय आन्तरिक पर्यटक आरक्ष घुम्न आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्