झापा, मंसिर २१ ।विराटनगरको सातघुम्तीस्थित कबाडी गोदाममा बुधबारको आगलागीमा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । योसँगै उक्त आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टर लगिए पनि चिकित्सकले विराटनगर–६ की ६० वर्षीया सुशीला पासवानलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी दीपक पोखरेलले बताए ।

एसपी पोखरेलका अनुसार विराटनगर महानगरपालिका– ७ की ५५ वर्षीया रिता सरदार, वडा नम्बर–६ का ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतको बर्न सेन्टरमा उपचार भइरहेको छ । आगलागीमा बुधबार विराटनगर–७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्