इलाम, मंसिर २१ । लामो समयपछि वर्षात भएसँगै इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ ।

चिसो बढेसंगै इलामको ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थलहरु जौबारी, कालपोखरी, सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानको जनजीवन प्रभावित बनेको छ ।

आफ्नो दैनिक कामकाजमा असर परेपनि किसान भने आफ्नो बालीनालीका सहयोग मिल्ने देखेर उत्साहित भएका छन् ।
साथै उक्त स्थानमा हिउँ खेल्नको लागि पर्यटकहरु जाने क्रम सुरू हुनेछ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा वर्षात भएसँगै बिहीवार दिउँसोबाट हिमपात शुरु भएको पर्यटन व्यवसायी पसि सेर्पाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्