झापा, मंसिर २३ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै आगलागी भएको छ ।

आगलागीबाट एक घर जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।
सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलका लालबहादुर गुरुङको घरमा आगलागी भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकल,स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्