झापा,मंसिर २३ । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ । अहिले लागेको बादल र हुस्सु कुहिरो विस्तारै हट्दै जाने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए । मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक बदली छ । पूर्वी तराई, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुस्सु पनि लागिरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘आज वर्षाको सम्भावना भने छैन । अहिले कुनै पनि ठाउँमा वर्षा भएको जानकारी पनि छैन ।’आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्