झापा,मंसिर २४ । सुनसरीमा मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो । सभापन कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला मानवअधिकारकर्मी सरस्वती लुइँटेल केसीले लैङ्गिक हिंसाविरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै कमला खत्वेले भनिन् कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिइन् ।त्यसैगरी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के ? के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्