दमक, मंसिर २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलबार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको छ ।

लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिनेबित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालोझन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गर्न खोजेको तर उनीहरु फरार भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्