झापा, मंसिर २७ । जंगली हात्तीले आज बिहान दमकमा एक घरको पर्खाल भत्काएर क्षति गरेको छ ।

बिहान २ बजेको समयमा दमक ३ गोलाटारमा दुईवटा जंगली हात्ती आई सोही ठाउँ बस्ने चन्द्रप्रसाद फुयलको टिनको छानो भएको दुईतले पक्की घरको उत्तरपट्टिको पर्खाल भत्काई घरमा आंशिक रुपमा क्षति गरेको हो ।

जसबाट अन्दाजी २०हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ती हात्तीलाई स्थानीय बासी र प्रहरीको सहयोगमा बिहान ५.३० बजे जंगलतिर लखेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्