झापा, मंसिर २७ । झापाको बाह्रदशी– ५ र हल्दिबारी– १ को सिमाना अधुवा खोलाको बगरमा अजिङ्गर भेटिएको छ ।

हिजो मध्यान्ह १२ बजेतिर स्थानीयले अजिङ्गर देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । आफूहरुले सो अजिङ्गर गोलधाप प्रहरी चौकीका प्रहरीलाई बुझाएको बाह्रदशी ३ की वडा सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । आफूहरुले ननापेपनि सो अजिङ्गर सात फुटभन्दा बढी लम्बाईको रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्