झापा,मंसिर २८ । १४ औं इन्डियन आइडलमा उत्कृष्ट १३ मा स्थान बनाइसकेकी मेनुकाले फिल्म ‘सलार’ का लागि पनि गीत गाइसकेकी छन् । मेनुका जति पटक मुम्बई गइन्, मोबाइलकै सहारामा पुगिन् । निर्धक्क देश–विदेश यात्रा गर्ने साथी नैउनको मोबाइल हो । चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को उत्कृष्ट १३ मा स्थान बनाएर यतिबेला चर्चा कमाइरहेकी छन् । यहाँसम्म आइपुग्दा उनले धेरै दिग्गज कलाकर्मी र संसारभरका करोडौं दर्शकको मन जितिसकेकी छन् । उनको गीत सुनेपछि निर्णायकको आँखा नरसाएको कुनै एपिसोड नै छैन । फिल्मकर्मी महेश भट्टदेखि रणवीर कपुरसम्म उनको गीत सुनेर भावुक बनेका थिए । रणवीरले त गीत सुनेपछि निहुरिएर खुट्टा ढोग्दै भनेका थिए, ‘मे आप से आशीर्वाद लेना चाहता हुँ ।’ अघिल्लो पटक नेपाल आइडल र सारेगमपको उत्कृष्ट ११ मा रोकिएकी २३ वर्षीया मेनुका अहिले इन्डियन आइडलको मञ्चमा छाइरहेकी हुन् । उनका ‘फ्यान’ हरूलाई यस पटक लागेको छ, मेनुकाले इतिहास रच्नेछिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्