![](https://pratidindaily.com/wp-content/uploads/2023/12/sikshya-photo-3-1024x535.jpg)
झापा,मंसिर २८ । विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा सो संख्या बढेको हो । चार महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए ।