झापा, मंसिर २९ । बिर्तामोड ७ खोपवाडीको न्यूस्टार क्लबले सिरिजंघा गोल्डकपको उपाधिका लागि आज इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबसंग प्रतिष्पर्धा गर्दैछ ।

तेल्लोक माविको खेलमैदानमा हुने फाइनल खेलमा यस पटक उपाधि हत्याउने दाउमा न्यूस्टार रहेको छ । न्यूस्टार सिरिजंघा गोल्डकपको दोस्रो संस्करणको उपविजेता हो । पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई पराजित गर्दै न्यूस्टारले दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै अन्तिम सेमिफाइनल खेलमा साविक विजेता ललितपुरको सुनाकोठी सिटी एफसीमाथि जित दर्ता गर्दै इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लब उपाधि होडमा उक्लिएको छ । त्येअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी तथा उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्