झापा, मंसिर ३० । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज पाँचथर पुग्दैछ।

गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार आज पाँचथरको फिदिममा आमसभा आयोजना गरिएको छ ।

मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुष १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ । यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्यपहाडी पुष्पलाल लोकमार्गकेन्द्रित संकल्प यात्रा गरेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्