बिर्तामोड, मंसिर ३० ।कोरोना कालदेखि बन्द रहेको बिर्तामोडको मण्डला रेष्टुरेन्ट नयाँ व्यवस्थापनमा पुनः संचालनमा आएको छ ।

गायक दिपेन याक्थुङ्वा र यमुना राईले पुरानो मण्डलालाई हाम्रो मण्डला रेष्टुरेन्ट एण्ड लजको रुपमा संचालनमा ल्याएका हुन् । सो रेष्टुरेन्टको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई र प्रोप्राइटर यमुना राईले हिजो संयुक्त रुपमा उद्घाटन गरे ।

अब भने परिवारसंग बसेर खान सकिने फेमिली रेष्टुरेन्टको रुपमा संचालन गरिएको प्रोप्राइटर यमुना राईले बताइन् । शान्त वातावरणमा ग्राहकले खोजेको सबै प्रकारका परिकारहरु सर्वसुलभ रुपमा उपलब्ध रहेको अर्का प्रोप्राइटर दिपेन याक्युङ्वाले जानकारी दिए । रेष्टुरेन्टले उद्घाटनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्