झापा,मंसिर ३० । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहो¥याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । उच्च अदालत पोखराले अब सुनुवाइ दोहो¥याउँदै पुनः फैसला गर्नु पर्नेछ । नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्