बिर्तामोड , पुष १ । ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र ब्राउनसुगर काठमाडौं पठाउनेक्रममा दुईजना बिर्तामोडमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं.१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलाम नगरपालिका वडा नं.१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् । हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका वडा नं.१स्थित पश्चिम बसस्टेन्डमा हाईस गाडीद्वारा काठमाण्डौ ज्याकेट पार्सल गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले हाईस गाडीद्वारा काठमाण्डौ ज्याकेट पार्सल गर्न आएका बिश्वकर्मालाई शंका लागेर चेकजाँच गर्दा पार्सल गर्न आँटेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई छिपाई राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट दाहालको हो भनी बताएपछि दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका वडा नं.१मा फेला पारिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्