झापा, पुष १ । इलाम–झापा मैत्री समाजको भवनका लागि इन्जिनियर महेन्द्र थापाले निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् ।

हिजो इलाम–झापा मैत्री समाजले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै इन्जिनियर थापाले ईलाम– झापा मैत्री समाजलाई आफ्नो कार्यालय भवन बनाउनका निम्ति बिर्तामोडमा करिब २५–३० लाख मूल्य पर्ने १० धुर जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । निःशुल्क जग्गाबाहेक थापाले आफ्ना स्व. माता पिताको स्मृतिमा सो संस्थाको भवन निर्माणका लागि नगद ५० हजार र सोही संस्थाको अक्षयकोषका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

उनले बिगत लामो समयदेखि नै विभिन्न संघ संस्थामार्फत सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् । ईलाम बजारमा आगलागी हुँदा सबैभन्दा बढी रकम उनैले सहयोग गरेका थिए । त्यस्तै लकडाउनका बेलामा झापाको दमक तथा मोरङको उर्लाबारीदेखि पथरीसम्म एक महिने निःशुल्क खाना खुवाउने अभियानसमेत थापाले संचालन गरेका थिए ।

उनी इलामका सुपरिचित समाजसेवी, राजनीतिज्ञ तथा ब्यवसायी नारायण थापाका कनिष्ट सुपुत्र हुन् । इलामको फोकफोकथुम गाउँपालिका कोल्बोटेमा जन्मेर इलाम नगरपालिका स्थाई घर भएका थापाले ईलाम आदर्श माध्यमिक बिद्यालयबाट एस. एल.सी. उत्तीर्ण गरेका थिए । उनले भारतको बेङ्गलोर विश्वविद्यालयबाट ईन्जिनियरिङ बिषयमा स्नातक गरेका हुन् । थापा परिवारकै सम्पूर्ण लगानीमा झापाको कन्काई माईधाममा रहेको मूल मन्दिरसमेत निर्माण भएको त्यहाँ भएको शिलालेखमा उल्लेख छ ।

साना ठुला सामाजिक कार्यहरुमा सहयोग गर्ने थापाले जहाँ रहे पनि इलामको बारेमा चासो लिँदै आएका छन् । इलामको विकास र सम्बृद्धि कसरी गर्न सकिन्छ भनेर आफ्ना दृष्टिकोणहरु बिभिन्न टेलिभिजन, युट्युब र अनलाईन माध्यमबाट उनले प्रस्तुत गर्दै आएका छन् ।

बैकल्पिक राजनीतिक चिन्तन, विचार र सोचका अभियन्ता थापा हाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सदस्यको जिम्मेवारीमा छन् । उनी यसअघि विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रमुख तथा केन्द्रीय कार्यसम्पादन सचिवालयका पदाधिकारी रही राजनीतिक गतिबिधिमा सक्रिय रहेका थिए ।

१ प्रतिक्रिया

  1. सलाम छ दाई हजुर को योगदान प्रती आउने दिन हरू मा यसरी नै समाझ सेभि भै देश र जना प्रति देश परिवर्तन गर्ने जोश कैले पनि पछि नपरोस य भाई हजुर को लागि हाजिर हुनेछ दाई आर्थिक मा त सयग गर्न नसकुउला तर कुनै दुस्मन ले गोली चलाएछन् हजुर माथि भने साएत म तपाई को साथ मा रएको थिएछु भने तिय गोली मेरो छाति मा थापी बचाउन चै सक्नेछु तेति चै धम भएको क्षेत्रि हु दाई हजुर लाई य मेरो बाचा तर गलत कैले पनि सुन नपाईयस धन्यवाद

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्