झापा, पुष १ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरानजिक खडीगाडमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

मार्तडीबाट गौमुल गाउँपालिका जाँदै गरेको सु.प्र.प्र ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्बरका ट्रयाक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गौमुल गाउँपालिका–६ का चालकसमेत रहेका हिक्मत रोकाया, बडिमालिका नगरपालिका–१ का चन्द्रबहादुर दानी, बडिमालिका नगरपालिका–२ का देवराज जैशी र सोही वडाकी करिस्मा रोकायाको मृत्यु भएको हो।
अगाडिको ट्रयाक्टरलाई ओभरटेक गर्न खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एउटा ट्रयाक्टर सडकभन्दा १ सय मिटर तल खसेको छ भने अर्को ट्रयाक्टर सडकको माथिल्लो नालीमा पल्टिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्