झापा,पुष २ । सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानिय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो । कुम्याही कोशी–५ मा कक्षा–२ मा अध्ययनरत कोशी–५ कुम्याहीका कुन्दन सदालाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा कोशी अस्पताल विराटनगरमा निधन भएको स्थानिय शिक्षक सागर पण्डितले जानकारी दिए । पण्डितले सदाको निधन खबरले गाउँ नै सोकमा डुबेको बताउए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्