झापा, पुष २ । लिट्मस केबल्सले इलेक्ट्रिसियनहरुलाई लक्षित गरी “लिटमस केबल्सःMECO WIRING स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा”ल्याएको छ ।

७ महिने सो राष्ट्रव्यापी योजनाको मुख्य उद्धेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको छ । लिट्मस केबल्सको ECOWIRE–ZH, नेपालकै पहिलो Zero Halogen तार हो । जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पीभीसी पोलिमरहरूद्वारा बनाइएको तार हो । यसै कारणले आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्दछ । जसले यसलाई सुरक्षित र वातावरणमैत्री बनाउँछ ।

यस योजनाअन्तर्गत इलेक्ट्रिसियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभीजस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । साथै, १५०० कोइल्सको खरिदमा वासिङ मेशिन जित्ने मौका पाइने छ भने २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूलेECOWIRE–ZH खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ । उक्त योजनाअन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वासिङ मेशिन र दुबई यात्रालगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन् ।कम्पनीको अनुसार यो योजना पुष १देखि असार ३१गतेसम्म जारी हुनेछ।

लिट्मस केबल्सको बारेमाः
नेपालको अग्रणी केबल निर्माता लिट्मस केबल्सले आफ्नो ग्राहकहरुको विशेष आवश्यकताहरु पुरा गर्न विभिन्न थरीका तार र केबलहरु उत्पादन गर्दै आइरहेको छ । लिट्मस केबल्सले घरमा प्रयोग हुने मल्ट्रिस्ट्यान्डर्ड तारहरुदेखि बिभिन्न इण्डष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, बिद्युतीय पोलदेखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्सलगायत सम्पूर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्