झापा, पुष २ । आज साँझ कन्काई नगरपालिका ४ कोटीहोम क्षेत्रमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

साँझ ७.१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१३प ३९६६ नं स्कुटरको ठक्करबाट पैदलयात्री कन्काई नगरपालिका वडा नं ४ बस्ने ६५ वर्षीय कर्णबहादुर रायको मृत्यु भएको हो । घाइते रायलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएकोमा साँझ ७.५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक मेचीनगर ९ निवासी ५३ वर्षीय राजु गुरुङ र पछाडि सवार उनकी श्रीमती ५१ वर्षीया तुलसा गुरुङ घाइते भएका छन् । घाइते गुरुङ दम्पत्तिको बीएण्डसी अस्पतालमा उपचार भइरहेको डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्