झापा , पुष ६ । विश्व शान्तिको उद्धेश्यले विश्व यात्रामा निस्किएकी भारत आसामकी मिनाक्षी दासलाई आज कन्काई नगरपालिकामा सम्मानसहित विदाई गरिएको छ ।

झापाको कन्काई नगरपालिकास्थित हेप्पील्याड पार्कद्वारा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, पार्कका प्रबन्ध निर्देशक दिनेश सिलवालले संयुक्त रुपमा दासलाई स्वागत गरेका थिए । पार्कले दासलाई सहयोगस्वरूप १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विश्वका ६७ देशको भ्रमण नेपालबाट सुरुवात गरेकी दासले नेपालको धार्मिक एकता र बुद्धको भूमिलाई विश्वसामु परिचित गराउने उद्धेश्यले मोटरसाइकल यात्राको सुरुवात नेपालबाट गरिएको बताइन् । १८ महिनामा विश्व भ्रमण सकेर भारत फर्किने उनले जानकारी दिइन् ।

एक्लो महिला दासले विश्व भ्रमण गर्छु भन्ने आत्मविश्वासले यात्रामा निस्कनु सबै महिलाका लागि प्रेरणा भएको नगर प्रमुख पोखरेलले बताए । यात्राको सुरुवात आफ्नो छिमेकी देश नेपालबाट, त्यसमाथि झापाको सुरुङ्गालाई छनोट गरेकोमा उनले धन्यवाद दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्