बिर्तामोड, पुष ६। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ झापाले जिल्लाका पाँचवटै क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ÷नगर समिति विस्तार एवं पदस्थापन कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सबै क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ नगरका सभापतिहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रमाणपत्र प्रदान गरी पदस्थापन गराइएको हो । मनोनित सबै अध्यक्षहरुलाई प्रमुख अतिथि थेवे र विशेष अतिथि राम कट्टेलले प्रमाणपत्र प्रदान गरे ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थेवेले भ्रातृ संघ–संस्था क्रियाशील एवं बलियो भएमात्रै पार्टी संगठन बलियो हुने भन्दै संगठन मजबुद बनाउन पार्टीले सहयोग गर्ने बताए । १४ आंै महाधिवेशनपछि भ्रातृ संघसंस्थाहरुलाई क्रियाशील बनाउन पार्टी संगठन लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका पूर्व उपसभापति कट्टेलले किसानको हक–अधिकार रक्षाका लागि भएका आन्दोलनमा पार्टीको सहयोग रहने आश्वासन दिए ।

नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङ्लावोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सहसचिवद्वय कमल भण्डारी र कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ५ नं क्षेत्रका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव यादव गिरीले गरेका थिए । महासंघले झापाको क्षेत्र नं–१ को अध्यक्षमा हरिबहादुर बस्नेत, क्षेत्र नं–२ को अध्यक्षमा प्रकाश बास्तोला, क्षेत्र नं–३ को अध्यक्षमा तुलसी ढकाल, क्षेत्र नं–४ को सभापतिमा अर्जुन राई र क्षेत्र नं–५ को सभापतिमा सोमराज तामाङलाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी झापाको क्षेत्र नं–१ प्रदेश क मा गणेश धिताल, क्षेत्र नं–२ को प्रदेश क मा चुडामणि हुमागाई, ख मा मदनकुमार थापा, क्षेत्र नं–३ प्रदेश क मा रुद्रप्रसाद उप्रेती र ख मा राजेन्द्रप्रसाद ओली, क्षेत्र नं–४ ख मा नरेन्द्रकुमार आङ्देम्बे, क्षेत्र नं–५ क मा वीरभद्र पोखरेल र ख मा दुर्गा सेढाई रहेका छन् । महासंघले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा भीमप्रसाद राजवंशी, झापा गाउँपालिका अध्यक्षमा जीतबहादुर खड्का, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा लालबाबु कर्ण, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा प्रेम चापागाँई, कचनकवल गाउँपालिकाको अध्यक्षमा रमला विष्ट, कमल गाउँपालिका अध्यक्षमा ताराकुमार कार्की र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा दिननाथ काफ्लेलाई सर्वसम्मत मनोनयन गरेको छ ।

यसैगरी महासंघको शिवसताक्षी नगर अध्यक्षमा अमृत कटुवाल, अर्जुनधारा नगर अध्यक्षमा तारा बराल, गौरादह नगर अध्यक्षमा नेत्र दाहाल, मेचीनगर नगर अध्यक्षमा शरद भट्टराई, बिर्तामोड नगर अध्यक्षमा हरिप्रसाद पौडेल, कनकाई नगर अध्यक्षमा यदुनाथ अधिकारी, दमक नगर अध्यक्षमा यामबहादुर विष्ट र भद्रपुर नगर अध्यक्षमा राजेन्द्र सापकोटालाई सर्वसम्मत मनोनित गरिएको महासंघ झापा अध्यक्ष थिङ्लावोले जानकारी दिए ।

यसैबीच महासंघको क्षेत्र, प्रदेशसभा क्षेत्र एवं गाउँ÷नगर समितिको संयुक्त बैठकले हात्ती आतंक समाधान र दुधको मूल्य निर्धारणका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्