भद्रपुर, पुष ६ । नेपाल बार एशोसिएसनको ६८ औं तथा झापा बार ईकाईको ५९ औं स्थापना दिवस शुभकामना आदान प्रदान गरी मनाइएको छ ।


बारको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजित स्थापना दिवसको उद्घाटन सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता लिला उदासीले गरे ।

उदासीले न्यायिक स्वतन्त्रता कायम गर्नमा न्याय क्षेत्रका कर्मचारीलगायतका कानुन व्यवसायीहरुको सक्रियता आबश्यक रहेको बताए ।देशमा न्यायिक स्वतन्त्रता कायम गराउन सरोकारवाला सबै पक्षबीच एकता हुनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत झापाका न्यायाधीश अशोककुमार बस्नेतले न्याय क्षेत्रको सुधारका लागि कानुन ब्यवसायीहरुले पनि त्यतिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता दामोदर सापकोटा ,एशोसिएसनका पूर्व उपाध्यक्ष अशोक पोखरेल,जिल्ला सरकारी कार्यालयका वकिल अवसर मादेनलगायतले मन्तव्य राख्दै न्याय क्षेत्र स्वतन्त्र हुन नसकेको बताएका थिए । बार एशोसिएसनका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष प्रसाईं र स्वागत मन्तब्य उपाध्यक्ष भीम बरालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्