झापा, पुष ८ । सुन्दर निचाझोडा गोलधाप सामुदायिक बन उपभोक्ता समूहको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित सो सामुदायिक बनको साधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि कोशी प्रदेशका सांसद एकराज कार्कीले प्रकृतिले दिएको सम्पत्तिलाई जनताको सम्पत्ति बनाउन नसकेको गुनासो गरे । उनले सामुदायिक बन उपभोक्ताको मेहनत र योजनामा बनको रुपान्तरण केन्द्रित हुने बताए ।

समूहका अध्यक्ष बद्री प्याकुरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना प्रस्तुत गरेका थिए । उनले अघिल्लो कार्यसमितिलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा बेनामे मुद्धा परेको र जसका कारण डेढ बर्ष मुद्दा फस्र्यौट गर्न समय खेर गएको बताए । अघिल्लो कार्यसमितिले काम गर्दा लागेको २६ लाख ऋण आफ्नो समितिले तिर्नुपर्ने दायित्व रहेकोमा अब ८ लाख मात्र तिर्न बाँकी रहेको उनले जानकारी दिए ।

कोषाध्यक्ष जानुका बाराकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक बर्ष २०७९–८० मा समूहले ४७ लाख ४५ हजार ७ सय ५५ रुपैयाँ कारोबार गरेको उल्लेख गरिन् ।

अध्यक्ष प्याकुरेलको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल,वडा सदस्य, राजनैतिक दलका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बन समूहका पूर्व प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्