बिर्तामोड, पुष ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन्।
आगामी दुई वर्षे कार्यकालका लागि सापकोटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक फणिन्द्रराज न्यौपानेले बताए ।सापकोटाको शिवसताक्षीस्थित झिलझिलेमा पाथिभरा बुक्स एण्ड स्टेशनरी पसल छ । उनी १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसायसंगै पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।
झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ ।
यसअघिको उद्घाटन सत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष संजीव सत्यालले पुस्तक तथा स्टेशनरीको व्यापार सम्मानित र शिक्षित वर्गको व्यवसाय भएको बताए । ‘अन्य व्यापार व्यवसायको भन्दा पुस्तक तथा स्टेशनरीको व्यवसाय पृथक छ,’ उनले भने ।कार्यक्रममा केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्व झापा अध्यक्ष अधिवक्ता फणिन्द्र न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
सहसचिव दीपक खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत विनोद सापकोटा र संघको सांगठनिक प्रतिवेदन संजय सापकोटाले प्रस्तुत गरेका थिए। । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्र घिमिरेले प्रस्तुत गरेका थिए।
संपुर्ण साथीहरुलाई हार्दिक बधाई छ।