झापा,पुष ११ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ स्थित त्रिवेणी बनबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समीर खिमदिम रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भरुवा बन्दुक २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरू, खुकुरी १ थान, गेटिस (गुलेली) १ थान, मारेको कालिज १ वटा र मोबाइल १ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्