झापा, पुष ११ । झापाको बिर्तामोडमा रहेको गोर्खा टेलरिङ र सम्पूर्ण किताब बिर्तामोडबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

‘पढौं, पढाऔं ’भन्ने अभियानका साथ सांग्रिला बुक्सको प्रकाशन रहेका सबै किताबहरुको आधिकारिक बिक्रेता सम्पूर्ण किताब र गोर्खा फाउण्डेशनद्वारा संचालित गोर्खा टेलरिङबीच भएको सम्झौता अनुसार गोर्खा टेलरिङले आफ्ना ग्राहकलाई टेलरिङ पार्टनरस्वरुप मायाको चिनोको रुपमा उक्त प्रकाशनका बेष्ट सेलर बुकहरु उपलब्ध गराउने सहमति भएको फाउण्डेशनका संस्थापक वीरु दर्नालले बताए । यसअघि पनि गोर्खा टेलरिङले धेरै किताबहरु मायाको चिनोको रुपमा आफ्ना ग्राहकलाई उपलब्ध गराएको थियो ।

उक्त टेलरिङमा बौद्धिक र पठन संस्कृतिलाई नजिकबाट बुझेका ग्राहकहरुको उपस्थिति रहने गरेकाले ‘पढौं पढाऔं ’भन्ने आफ्नो अभियानलाई थप टेवा पुग्न सक्छ भनेर टेलरिङसँग सहकार्य गरेको किताबकी बिर्तामोड प्रमुख अन्जना दाहालले बताईन् ।सामाजिक संजालको बढ्दो प्रयोगले किताब पढिरहने अभिभावक पुस्तासमेत पठन संस्कृतिबाट टाढिरहेको वर्तमानको समस्यालाई न्यूनीकरण गरी शिक्षित जमातको बृद्धि गराउन आफूहरुको सहकार्यले थोरै भए पनि साथ दिनेमा बिश्वस्त रहेको दर्नाल र दाहालले दोहोर्याए ।

पछिल्लो समय सोसियल मिडियाको लतका कारण आफू पनि पठन क्रियाबाट टाढिदै गएको महसुस गरी पत्रकारिताको बिद्यार्थीसमेत भएकाले टेलरिङका ग्राहकलाई किताब उपहार दिएर ब्यवसायसँग जोड्न पाउँदा खुशी लागेको झापा टेलरिङ ब्यवसायी संघको अध्यक्षसमेत रहेका दर्नालले बताए ।यस्तो कार्य अन्य टेलरिङ ब्यवसायी साथीहरुले पनि अवलम्बन गरेर टेलरिङ क्षेत्रमा नयाँ प्रयोग गर्नसके समुदायमा राम्रो सन्देश जाने उनी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्