झापा,पुष ११ । ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्। पाथिभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका स्थानीय सागर इजम लिम्बूका अनुसार यो वर्ष यहाँ उत्पादन भएको किवी झापाको दमक र काठमाडौँ बजारमा निर्यात भएको छ। यो तिरिङ्गे गाउँमा उत्पादन भएको एक हजार पाँच सय किलोग्राम अर्थात् १५ क्विन्टल बढी किवी बाहिर निर्यात भएको लिम्बूले जानकारी दिए । उनका अनुसार गत वर्ष करिब २५ क्विन्टल किवी जिल्ला बाहिर निर्यात भएको थियो।यसवर्ष असिनाले क्षति गरेका कारण किवी उत्पादनमा असर पुगेको र उत्पादित किवी का लागि बजार अभाव नभएको उनले बताए। उनका अनुसार खरिदकर्ताले बोटमै प्रतिकिलोग्राम एक सय रुपियाँसम्म मूल्य लगाएर किवी खरिद गरेका छन्। हाल खरिदकर्ताको मागअनुसार किवी दिन नसकेको पनि स्थानीय किसानले बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्