भद्रपुर,पुष १२ । भद्रपुरका पुराना सामाजिक व्यक्तित्व लिलानाथ गड्तौलाको निधन भएको छ ।

भद्रपुर ८ क्याम्पसमोडस्थित आफ्नै निजी निवासमा आज विहान ८ वजे गड्तौलाको निधन भएको हो । उनी ९० वर्षका थिए । पूर्व सरकारी कर्मचारीसमेत रहेका गड्तौलाका श्रीमती जयन्ता गड्तौला,३ छोराहरु मुरारी गड्तौला, तोया गड्तौला र रेवती गड्तौला तथा ३ छोरीहरु उर्मिला,शर्मिला र प्रमिला छन् । छोरा तोया गड्तौला नेपाली कांग्रेस झापा जिल्लाका पूर्व सदस्य हुन् भने रेवती गड्तौला व्यवसायमा आवद्ध छन् ।

आज दिउँसो २ बजे देउनिया खोलास्थित विश्रान्ती घाटमा गड्तौलाको पार्थिव शरीरको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्