झापा,पुष १२ । भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्न इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ ।षडानन्द २ र साल्पा सिलिछो ३ जोड्ने निर्माणाधिन पक्की पुल ढलानको तयारी भइरहेको बेला बिहीबार बिहान भत्किएको हो ।प्रदेश सरकारको योजना अनुसार पुल निर्माणको काम भइरहेको थियो । पुल दिव्यज्योति धनञ्जय जेभीले ६ करोड ३० लाख रूपैयाँमा निर्माणको ठेक्का पाएको थियो ।ढलानका लागि छड राखिसकिएको अवस्थामा फर्मा भाँचिएपछि सबै छड तल खसेको प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।पुल भाँचिएको भएपनि कुनै मानवीय क्षति भने नभएको षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले जानकारी दिए । के कारणले फर्मा भाँचियो भन्ने छानविन भइहरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्