झापा,पुष १२ । शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाले जालसाज गरी सूचना लुकाएको पाइएको छ । सार्वजनिक सूचना प्रकाशन नगरी परीक्षा सञ्चालन गर्ने प्रपञ्च मिलाएर करार सूचिका छ जना शिक्षकहरुलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिएको थियो ।सेटिङमा शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकारी र विद्यालयका प्रधानाध्यापकसमेतले मिलेमतो गरेको स्थानीयले आरोप लगाएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको परीक्षामा आर्थिक चलखेल भएको पाइएको छ ।विमला पौडेलले राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचिका ६ जना शिक्षकलाई बन्चित गराएर गाउँपालिकाले परीक्षा लिएको पाइएको हो ।रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदाको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कार्तिक १० गते सूचना गोप्य रुपमा प्रकाशित गरेको छ । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेवसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्