झापा, पुष १२ । किर्ते नागरिकता , सवारी ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका तीन प्रतिवादी पक्राउ परेका छन् ।

झुटा विवरण पेश गरी नेपाली नागरिकता बनाई दिए÷दिलाएको मुद्दामा दमक नगरपालिका वडा नं.५ घर भई हाल मेचीनगर नगरपालिका वडा नं. १ बस्ने ३८ वर्षीय पुष्पलाल भन्ने पुष्प अधिकारी बिहीवार पक्राउ परेका हुन् । उनलाई २०७८ मंसिर १३ गतेको फैसला अनुसार २ बर्ष कैद र रु १ लाख जरिवाना फैसला भएकोमा सो फैसलालाई उच्च अदालत बिराटनगर इलाम इजलासबाट समेत २०८० जेठ २४ मा सदर भएको थियो ।

त्यस्तै सवारी ज्यान मुद्दामा झापा कचनकवल गाउँपालिका वडा नं.४ बस्ने ४७ वर्षीय सजन, साजनलाल भन्ने अर्जुनलाल राजवंशी पनि बिहीवार नै पक्राउ परेका छन् । उनलाई २०७९ पुष २५ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ४बर्ष कैद र रु.५२ हजार जरिवाना सुनाइएको थियो ।

त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दमक नगरपालिका वडा नं. ३ घर भई हाल सोही नगरपालिकाको वडा नं.२ बस्ने २३ वर्षीय शम्भु लिम्बू बुधवार पक्राउ परेका छन् । उनलाई २०८० असार २९ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र रु ३० हजार जरिवाना सुनाइएको थियो । तीनै जनालाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्