झापा, पुष १२ । एम्बुलेन्समा राखेर अन्यत्र लैजान लागिएको २ सय ६६ केजी ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतराबाट मे १ च ५११ नम्बरको एम्बुलेन्ससहित उक्त परिमाणको गाँजा बिहीबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले एम्बुलेन्समा लोड गरेर कतै लैजान लागेको अवस्थामा गाँजा बरामद गरिएको बताए । ‘एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।’

सुनसरी, उदयपुर र धनकुटाको सीमावर्ती सप्तकोशी नदी हुँदै चतराको उत्तरी क्षेत्रबाट गाँजा ल्याइएको प्रहरीको अनुमान छ ।
एम्बुलेन्स चालक र तस्करीमा संलग्न व्यक्ति प्रहरीलाई देख्नासाथ फरार रहेको भण्डारीले बताए । संलग्नको खोजी कार्य जारी राखिएको उनले बताए । धनकुटा र भोजपुर जिल्लाका केही स्थानमा गाँजा खेती गरिन्छ ।

पछिल्लो पटक गाँजा तस्करीमा एम्बुलेन्स तथा भारतीय गाडी समेत प्रयोग गर्नेक्रम बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्